सेयर बजार सामान्य सुधार , कारोबार रकम भने ९५ करोड मात्रै
काठमाडौं , साउन २८ । साताका चौथौ दिन सेयर बजार सामान्य सुधार भएको छ । आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार मंगबार भने करेक्सन देखिएको थियो । सोमबार उच्च अंकले बढेको बजारमा मंगलबार करेक्सन देखिए पनि बुधबार भने सामान्य अंकले वृद्धि भएको छ ।
बुधबार बजार परिसूचक नेप्से १.५१ अंकले वृद्धि भएर १४२५.३२ अंकमा बन्द भएको छ । नेप्से परिसूचकमा सुधार भए पनि कारोबार रकम घटेको छ । बुधबार १८८ कम्पनीको ३० लाख ३२ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ९५ करोड १९ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार प्रि ओपनिङ सेसनमा केही उकालो लागेको नेप्से बजार खुलेको ४ मिनेटपछि नै घट्न थालेको थियो । त्यसपछि बजारमा सामान्य घटबढ चलिरहेको बजार अन्तिम मिनेटमा आएर सामाय सुधार सहित बन्द भएको हो ।
बुधबार नेप्सेमा कारोबार रकममा बिमा कम्पनीहरुमा आकर्षण देखियो । बुधबार नेप्सेमा युनाइटेड इन्स्यारेन्रेन्सको सेयर सर्वाधिक ६ करोड २० लाख ७३ हजारको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । यस्तै नेपाल लाइफ इन्स्यारेन्स, एनआइसी एशिया बैंक र अजोड इन्स्यारेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् ।
दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
बुधबार नेप्सेमा कारोबार भएका १८८ वटा कम्पनीमध्ये दुईवटाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गत साता नेप्सेमा सीचीकृत भएर कारोबार सुरु भएको साधना लघुवित्तको सेयर मुल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । घलेम्दी हइड्रोको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यस्तै आइएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकका लगानीकर्ता सर्वाधिक कमाउने शीर्ष ५ कम्पनीमा परेका छन् ।
सामान्य सुधार भएको बजारमा गुमाउने शीर्ष ५ कम्पनीमा युनियन हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, नेपाल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ता रहेका छन् ।
बुधबार उपसूचकहरुको अवस्था भने मिश्रित रहेको छ । बैंकिङ, होटल निर्जीवन बिमा, उत्पादन, जीवन बिमा र म्युचुअल फण्ड समूहको उपसूचक बढेको छ भने त्यसबाहेको समूहको उपसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्