समाज लघुवित्तको आइपीओ पनि भदौ ४ देखिनै निष्काशन हुँदै
काठमाडौं, २८ साउन । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री गर्ने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेकोमा यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
साधारण शेयर (आईपीओ) भर्न चहाने लगानी कर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ता नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्ने छनन् । यस संस्थलाई कियर रेटिन मिमिटेडले बि प्लस रेटिङ्ग प्रदान गरेको छ । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा छ ।















प्रतिक्रिया दिनुहोस्