जीवन विकास लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

काठमाडौं, २८ साउन । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमीटेडको नाफामा उल्लेख्य बृद्धि भएको छ ।  संस्थाले ५४ प्रतिशतले नाफा कामाउन सफल भएको छ । संस्थाले आर्थिक २०७६÷०७७ को चौथो त्रैमासमा ५४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य बृद्धि गर्न सफल हुँदा संस्थाकोे खुद नाफा बढाउन सफल भएको पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षमा ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चौथो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६१ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थिया ।

त्यस्तै, सञ्चालन नाफा २३ करोड रुपैयाँबाट बढेर ४२ करोड ३८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सञ्चालन खर्च भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोड २१ लाख रुपैयाँ रहेको लघुवित्तको सञ्चालन खर्च बढेर ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ४ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९ अर्ब २७ करोड रुपैयाँबाट बढेर १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । खराव कर्जा ०.२४ प्रतिशतबाट बढेर ०.२९ प्रतिशत पुगेको छ ।

लघुवित्तको चुक्ता पुँजी १४ करोड रहेको छ भने जगेडा कोषमा ५५ करोड १० लाख रुपैयाँ रहेको छ । संस्थाको साधारण शेयर (आईपिओ) निश्कासन गर्ने प्रक्रियामा छ ।

वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नेहोस् : For news

 

प्रतिक्रिया दिनुहोस्