राष्ट्र बैंकले बैंकहरुलाई भन्यो – अफिसमा सबै कर्मचारी नबोलाउनु
काठमाडौं, साउन २५ । पछिल्लो समय कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको हो । यसैबीचकोरोना जोखिम बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सबै कर्मचारीलाई अफिस नबोलाउन भनेको छ।
बैंकहरुलाई ५ बुँदे सर्कुलर जारी गर्दै आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमार्फत कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन भनेको राष्ट्र बैंकले भनेको छ।
बैंक तथा वित्तिय संस्थाहरुले ‘विजनेश कम्यूनिटि प्लान’ तयार गरी घरबाट नै सेवा प्रदान गर्न सक्ने समेत बताएको छ। जोर विजोर प्रणाली समेत लागू भएको अवस्थामा उक्त योजना उचित हुने बताएको राष्ट्र बैंकले हो।
प्रदेश तथा स्थानीय तहमा रहेका शाखाहरुमा भने सोही निकायले जारी गरेको सूचनालाई आधार मानेर काम गर्न भनिएको छ। साथै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले भनेको छ।यता कोरोना भइरस९ कोभिड१९० को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।















प्रतिक्रिया दिनुहोस्