११ अंकले बढ्यो नेप्से परिसूचक, ९१ करोडभन्दा बढीको कारोबार

काठमाडौं, साउन २५ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ११ दशमलव ३० अंकले उकालो लागेको छ ।गत साता ४ प्रतिशतभन्दा माथिले घटेको नेप्से यो साताको पहिलो कारोबार दिनमै सुधार भएको हो ।

शून्य दशमलव ८२ प्रतिशत बढेर शेयर बजार १ हजार ३९२ दशमलव ६८ विन्दुमा पुगेको हो । आइतबार प्रि(ओपनिङ सेसनमा सामान्य उकालो लागे पनि कारोबार सुरु भएसँगै बजार परिसूक नेप्से ओरालो लागेको थियो । गत साता कोभिडको प्रभाव बढ्दै जाँदा चकेको लकडाउनको चर्चाले लगानीकर्तामा त्रास बढ्दा घढेको बजार यो साताको पनि सुरुको दिनमा नै लय समातेको छ ।

बजार परिसूचक नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने बढ्ने सकेन । खरिदकर्तामा बजार अझै घट्नसक्ने अपेक्षा र बिक्रीकर्तामा पनि बढेको मूल्यमा किनेको सेयर घटेर बेच्‍न नचाहँदा कारोबार रकम भने घटेको देखिन्छ । बजारमा सुरुवाती समयमा बिक्री चाप बढी हुँदा घटेको नेप्से करिब आधार घण्टा पछि भने करिब चाप बढ्दै जाँदा सुधार भएको हो । गत साता एक दिन मात्र बढेर निरन्तर घटेको बजार यो साता भने पहिलो दिनमै बढेको छ । आइतवार अघिको कारोबार दिन बिहीवार शेयर बजार १ हजार ३८१ दशमलव ३७ विन्दुमा बन्द भएको थियो ।

१ हजार ३८३ दशमलव ९९ विन्दुदेखि खुलेको बजार १ हजार ३६३ दशमलव २१ विन्दुसम्म घटेको थियो । आइतवार नेप्सेले ११ बजेर २७ मिनेटमा न्यून विन्दु कायम गरेको थियो ।
बढेको बजारमा रू। ९१ करोड १६ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । १८७ कम्पनीको २९ हजार ४३ पटकको व्यापारमा उक्त रकम बराबरको ३० लाख ३० हजार ३३१ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा अजोड इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको यस दिन रू। ९ करोड २० लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो ।
नेप्सेमा सूचीकृत भएदेखि नै सर्वाधिक कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनी भने आइतवार दोस्रो नम्वरमा परेको छ । उक्त कम्पनीको आइतवार रू। ८ करोड ३९ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहहरुमध्ये होटल समूहको वाहेक अन्यको परिसूचक बढेको छ । यस दिन होटलको परिसूचक १ दशमलव ८ प्रतिशत घटेको हो । सबैभन्दा बढी म्युचुअल फण्ड समूहको २ दशमलव शून्य २ र निर्जीवन बीमा समूहको १ दशमलव ६४ प्रतिशत परिसूचक बढेको छ ।

त्यस्तै जीवन बीमाको १ दशमलव ५६ प्रतिशत, व्यापारिकको १ दशमलव ४३ प्रतिशत , वित्तको १ दशमलव शून्य ९ प्रतिशत, अन्यको १ दशमलव २ प्रतिशत, बैंकिङको शून्य दशमलव ६७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ ।

आइतवार सर्वाधिक रकमको शेयर कारोबार गर्ने अजोड इन्स्योरेन्सको नै सबैभन्दा बढी शेयरमूल्य बढेको छ । यस दिन उक्त कम्पनीको प्रतिकित्ता रू। ४२ अर्थात् ९ दशमलव ८८ प्रतिशतले शेयरमूल्य बढेको हो । आइतवार उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू। ४६७ कायम भएको छ ।

यो दिन साधना लघुवित्त शेयरमूल्य सर्बाधिक बढ्नेमा दोस्रो नम्बरमा रहेको छ । साधना लघुवित्तको आइतवार दोस्रो कारोबार दिन रहेको छ । उक्त कम्पनीको शेयर कारोबार गत बिहीवारदेखि सुरु भएको हो ।

उक्त कम्पनीको शेयरमूल्य आइतवार प्रतिकित्ता रू। ३९ ले वृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता रू। ४३६ कायम भएको छ । यो दिन सबैभन्दा बढी शेयरमूल्य घट्ने कम्पनीमा गणपति माइक्रोफाइनान्स रहेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ३१ ले घटेको छ । उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू। ७७५ कायम भएको छ । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ४६ अंक बढेर २९१ दशमलव शून्य २ विन्दुमा पुगेको छ ।

विभिन्न कम्पनीहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रम बढी रहेको छ । कोरोना संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा असर पर्ने आशंका लगानीकर्ताहरुले गरेका थिए ।

तर वित्तीय विवरण सार्वजनिक गर्ने धेरै जसो कम्पनीहरुले राम्रो नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस आधारमा पनि अन्य कम्पनीहरुको नाफा राम्रै आउने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासको वित्तीय विवरणले कम्पनीको प्रतिफलको लगभग यथार्थ चित्रण गर्ने हुदाँ पनि लगानीकर्ताहरु चौथो त्रैमासको वित्तीय विवरणप्रति गम्भिर भएको बताउँछन् ।
आइतबार नेप्सेमा कारोबार रकमलाई गत साताबाट कारोबार सुरु भएको अजोड इन्स्यारेनसले उचालेको छ । अजोड इन्स्योरेन्सको सवार्धिक ९ करोड २१ लाख ४१ हजारको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बिमा, नेपाल बैंक, नेपाल लाइफ इन्स्यारेन्स र एनआईसी एशिया लघुवित्त धेरै कारोबार हुने कम्पनीमा रहेका छन् ।

दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नेप्सेमा आइतबार कारोबार भएका १८३ वटा कम्पनीमध्ये दुईवटाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गत साताबाट नेप्सेमा कारोबार सुरु भएको अजोड इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै गत सात नै नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको साधना लघुवित्तको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यस्तै नेपाल बैंक तथा दुई म्युचुअल फन्डहरु एनएमबी ५० र एनआईबिईल समृद्धि फन्ड १ का लगानीकर्ताले पनि ५ प्रतिशत धेरै कमाउने शीर्ष ५ मा परेका छन् ।

बढेको बजारमा पनि गुमाउने शीर्ष ५ कम्पनीमा गणपति माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, युनियन हाइड्रोपावर , हिमालयन हाइड्रोपावर र आईसीएफसी फाइनान्स छन् ।

प्रतिक्रिया दिनुहोस्