नेकपा विवादः पार्टी फुट्न नदिन दबाबका लागि ६१ सांसदको हस्ताक्षर सार्वजनिक
काठमाडौं, साउन २५ । पार्टी फुट्न नदिन दबाब दिने उद्देश्यले नेकपाका ६१ जना सांसदले हस्ताक्षर गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका ६१ जना सांसदले कुनै पनि विवाद र पार्टी विभाजनको सहभागी नहुने घोषणा गरेका छन्।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र बरिष्ठ नेता माधव नेपाल समूहका सांसदले संयुक्त रुपमा सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई विभाजन नगर्न नेतृत्वलाई खबरदारी गरेका हुन्।आइतवार संसद् सचिवालयमा पत्रकार सम्मेलन गरी उनीहरूले ६१ जनाको हस्ताक्षर सार्वजनिक गरेका हुन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाका दुवै पक्षका सांसदले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर संकलन अभियानमा विशाल भट्टराई, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, नारदमुनि राना लगायत सहभागी छन् ।उनीहरूले पार्टी एकता जोखाइराख्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको बताए । सांसद रामकुमारी झाँक्रीले आफूहरु पनि पार्टीको निर्णायक ब्यक्ति भएको भन्दै सानो पार्टीको नेतृत्व गर्ने सपना छोड्न नेताहरुलाई आग्रह गरिन्। ुपार्टी विभाजन गरेर सानो पार्टी चलाउँछु भन्ने सोच्नु भएको छ भने त्यो न्यारोमाइण्ड हो,ु उनले भनिन्।
उनले आफूहरु पार्टी एकताका पक्षमा भएकाले आफ्नो विचार सार्वजनिक गर्नु अहिले सान्दर्भिक रहेको बताइन्। उनले पार्टीमा विवाद सुरु भएदेखि नै आफूहरु एकताका लागि गृहकार्य गरिरहेको जानकारी दिइन्।
हस्ताक्षर गर्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका सांसद छन् । हस्ताक्षर गर्नेमा अमनलाल मोदी, आशा विक, कलिला खातुन, कल्याणी खड्का, कृष्ण भक्त पोखरेल, गणेश पहाडी, गोपी अछामी, घनश्याम खतिवडा, जयकुमार राई, जीवन श्रेष्ठ, तीर्था गौतम, थममाया थापा छन् ।
यस्तै नन्दलाल रोका क्षेत्री, नारादमुनि राना, पदम गिरी, पुष्पा कर्ण, प्रेम आले, विजय सुब्बा, मनकुमारी सिजी, यज्ञबहादुर बोगटी, राजबहादुर बुढा, राजेन्द्र गौतम, रामकुारी झाँक्री, विना पोखरेल, विशाल भट्टराई, नारायण प्रसाद खतिवडा, श्यामकुमार श्रेष्ठ, सुदन किराँती, हेमकुमार राई, अञ्जना विशंखे, कृष्णलाल महर्जन लगायतले हस्ताक्षर गरेका छन् ।
पार्टी अप्ठ्यारोमा परेमा पार्टी कार्यालयमा धर्नामा पनि बस्ने सांसद विशाल भट्टराईले बताए । यता नेकपाभित्र विवाद बढ्दै गएपछि विभाजनको अवस्था आउन लागेको भन्दै सांसदहरुले पत्रकार सम्मेलन गरि आफ्नो विचार सार्वजनिक गरेका हुन्। असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण असार २० यता बस्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्