४ प्रतिशतले घट्यो राजस्व

काठमाडौं,साउन २५ ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि लागू भएको लकडाउनले व्यावसायिक वातावरण प्रभावित हुँदा राजस्व संकलन घटेको मन्त्रालयले बताएको छ। गएको आर्थिक वर्षमा राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेको छ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २०७६/७७ मा सरकारी राजश्व अघिल्लो वर्षको तुलनामा ४.३२ प्रतिशतले घटेको हो।मन्त्रालयका अनुसार आयकर र आन्तरिक मूल्यअभिबृद्धि कर बाहेक सबै शिर्षकमा राजस्व संकलन घटेको छ।

असार मसान्तसम्म सरकारले कूल राजस्व ७ खर्ब ९३ अर्ब ७८ करोडमात्र संकलन गरेको छ। अघिल्लो वर्ष ८ खर्ब २९ अर्ब ६२ करोड राजस्व उठेको थियो।

अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेर भन्सार महसुल १ खर्ब ३७ अर्ब ९९ करोड संकलन भएको छ। त्यस्तै कूल मूल्यअभिबृद्धि कर ७ प्रतिशतले घटेर २ खर्ब २४ अर्बमात्र संकलन भएको छ। त्यस्तै अन्तस्शुल्क पनि १७ प्रतिशतले घटेर १ खर्ब ६२ करोडमात्र उठेको छ।

शिक्षा सेवा शुल्क ५८ करोड उठेको छ भने आयकर अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढेर २ खर्ब १९ अर्ब ६८ करोड उठेको छ। अन्य शिर्षकबाट सरकारले १७ अर्ब कर उठाएको छ। यो पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी हो।

कूल कर राजस्व अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घटेर ७ खर्ब ५ करोडमात्र उठेको छ। गैरकर राजस्व पनि ६ प्रतिशतले घटेर ९३ अर्ब ७२ करोडमात्र संकलन भएको छ।

गएको वर्ष सरकारले यस्तो रकम धेरै तानेको छ। अन्य आय भनेर राखिएको यो शिर्षकमा त्यस्ता निकायबाट तानिएको रकम, बेरुजु फर्स्यौट र कतिपय खर्च नभएका कार्यक्रमबाट तानिएको रकमलाई आयका रुपमा देखाउँदा कूल सरकारी आय गएको वर्ष ८ खर्ब ४१ अर्ब पुगेको छ।

सरकारले राजस्वको आँकडा धेरै देखाउन वा वर्षको अन्तितिर खर्च गर्नकै लागि विभिन्न निकायको कोषमा रहेको रकम तान्ने गरेको छ। सरकारी स्वामित्वमा रहेका कोष, प्राधिकरणहरुबाट सरकारले वर्षको अन्त्यमा रकम तानेर सरकारी आय धेरै देखाउने प्रयास गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्