आइपीओ तयारीमा रहेको सिटिजन लाइफको नाफा बृद्धि

काठमाडौं, साउन २५ । आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा योे कम्पनीले २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यहि अवधिमा नाफा भन्दा ३०.६७% ले बढी हो । अघिल्लो वर्ष सिटिजन लाइफले १५ करोड ३६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा जीवन बिमा कोष १६४.४४% ले बढेर १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जीवन बिमा कोष ६३ करोड ४८ लाख ४३ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष १ अर्ब १२ करोड ५४ लाख ६४ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क असार मसान्त सम्ममा १ अर्ब ९२ रोड ५७ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

सिटिजन लाइफ हालको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रुपैयाँ छ । यस कम्पनीले सर्वसाधारणमा आइपीओ ल्याउने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्