नेपाल बैंकको नाफा घट्यो, कोभिड १९ को कारण अधिकांश सूचक ओरालो

काठमाडौं, साउन २५ । नेपाल बैंकले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । अन्तिम त्रैमासमा आइपुग्दा नेपाल बैंकको अधिकांश सूचकहरु ओरालो लागेको छ । असार मसान्तसम्ममा यस बैंकले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यहि अवधिको नाफा भन्दा १।५५% ले थोरै हो । गत वर्ष यस बैंकले २ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.२१५% र २०.९२% ले घटेको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा समेत ३५.९५% ले घटेको छ । चौथो त्रैमासमा आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले घटेर २२ रुपैयाँ ६६ पैसामा झरेको छ । त्यसैगरि प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा पुगेको छ ।

विश्वभर फैलिएको कोभिड महामारीका कारण लक डाउन गर्न परेको र आर्थिक गतिविधी नगन्य भएकोले नाफा सामान्य घटेको बैंकले जनाएको छ । यस अवधिमा फि तथा अन्य कमिसनबाट हुने नाफा पनि प्रभावित भएको हो । वित्तीय संस्थाहरुमा प्रतिस्पर्धा बढेको, कोभिडले समग्र अर्थतन्त्रमा असर पुर्याएको कोभिडको कारण कर्जा असुलीमा पनि समस्या बढेको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्