ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु, खनाल र नेम्वाङ पनि सहभागी
काठमाडौं , साउन २० । प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।
बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । खनाल दाहाल पक्ष र नेम्वाङ ओली पक्षधरका रुपमा चिनिन्छन् । यता त्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद जारी रहेका बेला अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।मंगलबार विहान अध्यक्ष प्रचण्ड गौतमको भैसेपाटीस्थित निवास पुगेर छलफल गरेका छन् ।
गौतमलाई भेट्न दाहाल आज बिहान गौतम निवास भैंसेपाटी पुगेका थिए । अध्यक्ष प्रचण्डले गौतमसँग अहिलेको विवाद र समाधानका बारेमा छलफल गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्