नेकपा विवाद : प्रचण्ड र बामदेवबीच भैंसेपाटीमा १ घण्टा वार्ता, गरे यस्तो छलफल
काठमाडौं , साउन २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जारी रहेका बेला अध्यक्ष प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।मंगलबार विहान अध्यक्ष प्रचण्ड गौतमको भैसेपाटीस्थित निवास पुगेर छलफल गरेका छन् ।
गौतमलाई भेट्न दाहाल आज बिहान गौतम निवास भैंसेपाटी पुगेका थिए । अध्यक्ष प्रचण्डले गौतमसँग अहिलेको विवाद र समाधानका बारेमा छलफल गरेको बुझिएको छ । यस अघि प्रधानमन्त्री ओलीपनि यहि श्रावण १३ गते साँझ वामदेव निवास पुगेर फर्किएका थिए ।
प्रचण्डले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीमै सबै समस्याको समाधान खोजिनुपर्ने बताउदै आएका छन् ।प्रधानमन्त्री ओलीले भने आफुले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्ने बाहेक अन्य विषयमा मात्र छलफल गर्न तयार रहेको बताउदै आएका छन् ।
यसअघि अन्तिम पटक दुवै अध्यक्षबीच सोमबार छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन । दुवै अध्यक्षबीच आज पनि छलफल हुने बताइएको छ । उपाध्यक्ष गौतमले पार्टीको विवाद मिलाउन यहि श्रावण १३ गते ६ बुँदे प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु हुदैन भन्ने पक्षमा उभिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।
यता गौतमले पार्टीको आन्तरिक विवाद मत्थर पार्न अघि सारेको ६ बुँदे प्रस्तावमा सहमति गर्न दाहाललाई आग्रह गरेको बताइएको छ ।प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने दवाब पार्टीभित्र छ । तर ओलीले दुवै पद कुनै पनि हालतमा नछाड्ने अडान लिदैं आएका छन् ।
प्रतिक्रिया दिनुहोस्