नेकपा दुई अध्यक्षबीच आज पनि छलफल हुने , निस्किएला त निकास ?
काठमाण्डौ, साउन १९ । पछिल्लो केही महिना यता देखिएको नेपाल कम्युनिस्ट पार्टीको विवाद सुल्झाउन पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट हुँदैछ ।
आइतबार भएको भेटघाटमा आज भेट गर्ने तय भएको थियो ।आइतबारको भेटघाटमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए । आज दुई अध्यक्षबीचको भेटमा नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनसक्ने बताइएको छ ।
नेकपा स्रोतका अनुसार आज हुने भेटघाटपछि पछिल्लो समय देखिएको नेकपा विवाद के हुने भन्ने टुङ्गो लाग्नेछ ।















प्रतिक्रिया दिनुहोस्