असारको पेन्सन साउन २५ गतेभित्र मात्रै आउने

काठमाडौं , साउन १८। असार महिनाको पेन्सन साउन २५ गतेभित्र मात्रै आउने भएको छ । प्रायः महिना सकिएको ५ गतेभित्र प्राप्त हुने पेन्सन यस पटक ढिलाइ भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रणाली सुधारको काम हुँदा असार महिनाको पेन्सन दिन समय लागेको हो ।

“असार महिनाको मात्रै केही दिन ढिलाइ भएको हो । हामीले प्रणालीको सुधार गर्दा केही ढिलाइ भएको छ । साउन २५ गतेभित्र पेन्सन रकम निकासा हुन्छ” उनले भने ।अर्थ सचिव शिशिर ढुंगानाले पनि अर्थ मन्त्रालयले पेन्सनको पैसा नरोकेको स्पष्ट पारे । “अर्थ मन्त्रालयले पेन्सनको पैसा रोकेको छैन, प्रविधिको विकासको काम भईरहेकाले केही ढिलाइ भएको हुनसक्छ, तर अर्थले पैसा रोकेको छैन” उनले भने ।

सरकारसँग पैसा हुँदा(हुँदै पनि प्रविधि सुधारको काम गर्दा असारको पेन्सन दिन केही ढिलाइ भएको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए ।पेन्सनका लागि मात्रै वार्षिक करिब ५२ अर्ब रुपैयाँ लाग्‍ने भएपनि हालसम्म ४० अर्ब रुपैयाँ पैसा निकासा गरिसकेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्