ओली–प्रचण्डबीच तीन घण्टा छलफल, झलनाथ र नेम्वाङ पनि सहभागी

काठमाडौं , साउन १८ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ ।

छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ ।

आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको थियो । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङपनि आजको छलफलमा सहभागी थिए । प्रचण्ड ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने अडानमा छन् भने ओली दुवै पद नछाड्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्