हेलचेक्रयाइँ नगरौं ! पुनः लकडाउनमा जानुपर्ने अवस्था आउनसक्छ

काठमाडौं , साउन १८ । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचेक्रयाइ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो ।

स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ । यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताए । सरकारले कोभिड(१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरेपनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन् । ‘अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ,’ उनले भने( ‘यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ ।’ ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो ।

कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे ।

पुनः लकडाउनमा जानुपर्ने अवस्था आउनसक्छ
स्वास्थ्यविद्हरुले लकडाउन खुलेपछि आवतजावतमा भएको वृद्धिले काठमाडौं उपत्यका उच्च जोखिममा पर्न थालेकोले संक्रमणको जोमिख उच्च भएको बताएका छन् । उनीहरुले संक्रमणको बृद्धिदर नघटे पुनस् लकडाउनमा जानुको विकल्प नहुने तर्क गरेका छन् ।

अब छिट्टै अपनाउन लागेका थप केही उपायले समेत नतिजा नदिए पुनस् लकडाउनमा जानुको विकल्प नहुने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले बताए । विज्ञ डा। कार्कीले थपे( ‘यदि यी उपाय अपनाउँदा पनि सोचेजस्तो भएन भने हामीसँग फेरि लकडाउन लगाउनुको विकल्प हुँदैन ।’

संक्रमणका स्थानीय अवस्था हेरेर पहिले ती निश्चित क्षेत्रमा नियन्त्रणको प्रयास गर्ने सरकारी रणनीति छ । ‘उच्च सतर्कतामा प्रदेश नम्बर २ र प्रदेश नम्बर पाँचमा छ । अवस्था हेरेर ती प्रदेशहरू मात्रै लकडाउनमा जान सक्छन्’ डा। कार्कीले भने( ‘काठमाडौंमा समेत तीनवटा जिल्लाले एकिकृत निर्णय गरेर यहाँ मात्र पनि लकडाउन गर्ने विकल्पमा जान सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्