फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक
काठमाडौं, २० मंसिर । सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ।
अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो।
यसपटकको विश्वकपमा पहिलो पटक ४८ देशले सहभागिता जनाउँदै छन्।
४८ मध्ये ६ टोलीको भने टुंगो लाग्न बाँकी नै छ।
प्लेअफ खेलबाट ती टोलीको टुंगो लाग्नेछ।
१२ वटा समूहमध्ये समूह ‘ए’, ‘बी’, ‘डी’, ‘एफ’, ‘आई’ र ‘के’ मा रहने एक(एक टिम प्लेअफबाट आउने छन्।
समूह ‘ए’मा युरोपियन प्लेअफ ‘डी’बाट डेनमार्क, उत्तरी म्यासेडोनिया, रिपब्लिक अफ आयरल्याण्ड र चेक रिपब्लिकबीचको विजेताले स्थान बनाउनेछ।
ीबहmष् दबलप
समूह ‘बी’मा युरोपियन प्लेअफ ‘ए’ बाट इटाली, नर्दन आयरल्याण्ड, वेल्स र बोसनिया हर्जगोभिनामध्ये एक टोली आउनेछ।
समूह ‘डी’मा युरोपियन प्लेअफ ‘सी’ बाट स्लोभाकिया, कोशोभो, टर्की र रोमानियामध्येको विजेता टिमले स्थान बनाउनेछ।
ल्अभिि
समूह ‘एफ’ मा युरोपियन प्लेअफ ‘बी’ युक्रेन, स्वीडेन, पोल्याण्ड र अल्बानियामध्येको विजेता टोलीले स्थान बनाउनेछ।
समूह आईमा फिफा प्लेअफ २ बाट बोलिभिया, सुरिनेम र इराकमध्ये एक टिम छानिनेछ।
समूह ‘के’मा फिफा प्लेअफ १ बाट न्यू क्यालेडोनिया, जमैका वा कंगोमध्ये एक टोलीले स्थान बनाउनेछ।
कुन देश कुन समूहमा परेरु
साविक विजेता अर्जेन्टिना यसपालि समूह ‘जे’ मा परेको छ। उसको समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डन छन्। समूह चरण उसका लागि तुलनात्मक सजिलो हुने विश्लेषण गरिएको छ।
अघिल्लो संस्करणको उपविजेता फ्रान्सको समूहमा सेनेगल, नर्वे र फिफा प्लेअफबाट छानिने एक टिम रहनेछ।
समूह ‘ए’स् मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता
समूह ‘बी’स् क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड
समूह ‘सी’स् ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड
समूह ‘डी’स् अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता
समूह ‘ई’स् जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर
समूह ‘एफ’स् नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया
समूह ‘जी’स् बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड
समूह ‘एच’स् स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे
समूह ‘आई’स् फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे
समूह ‘जे’स् अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन
समूह ‘के’स् पोर्चुगल, प्ले अफ फिफा –वान, उज्वेकिस्तान र कोलम्बिया
समूह ‘एल’स् इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा















प्रतिक्रिया दिनुहोस्