पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं , साउन १६ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ मृत्यु भएको हो ।

गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलका बासिन्दा हुन् भने उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

स्टार अस्पतालमा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्