३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन स्वीकृत
काठमाडौं , साउन १५ । ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटसहित ल्याउन दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्को १२ गते बसेको बैठकले उक्त निर्णय गरेको आज नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिएका छन् ।
सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीको लागि उक्त अनुमति प्रदान गरेको हो । नेपालमा हुने उत्पादनले अपुग हुने चिनी हरेक वर्ष आयात हुने गर्छ।
चार्डबार्डको समयमा मूल्य उच्च हुने भएकोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो । अब सरकारले चिनी आयात गरे पछि सहज हुने देखिएको छ।















प्रतिक्रिया दिनुहोस्