राष्ट्र बैंकद्धारा २६ करोड संस्थागत निक्षेप लगानीको आव्हान
काठमाडौ , साउन १५ । नेपाल राष्ट्र बैकले २६ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको आव्हान गरेको छ ।
राष्ट्र बैंकका अनुसार दुई सय ७२ दिने मुद्धती निक्षेपकोरुपमा पेन्सन तथा उपदान कोषमा रहेको रकम बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा राख्न लागिएको हो ।
यसरी राखिने रकमको अवधि २०७७ भदौ एक गते देखि बिसं २०७८ जेठ एक गतेसम्म रहेको छ । रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुले यही साउन १९ गते दिउँसो चार बजेभित्र आवेदन दिनु पर्ने छ । रकम लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैंकको लागि २० करोड ८० लाख, बिकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाईनान्स कम्पनीहरुको एक करोड ३० लाख रुपैयाँ छुट्याएको छ ।
रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।















प्रतिक्रिया दिनुहोस्