कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रम नयाँ सरकारले लागू गर्दैनः ओली

काठमाडौं । चेम्बर अफ कमर्शका नवनियुक्त पदाधिकारीलाई पार्टी कार्यालय धुम्बाराहीमा आज शुभकामना बधाई दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार वर्तमान सरकार जस्तो राष्ट्रप्रति गैह्र जिम्मेवार नहुने स्पष्ट पारेका छन् ।

विधानले नदिने, आवश्यकता भन्दा बाहिरका विषयमा राज्यलाई आर्थिक बोझ बोकाउने ढंगका सरकारी निर्णयले उसको राष्ट्रप्रतिको गैह्र जिम्मेवारी उजागर गरेको अध्यक्ष ओलीले दाबी समेत गरे।
उनले कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका निर्णय सच्याउने बताएका छन्।

ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्र डामाडोल पार्ने काम गरेको आरोप लगाए।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रम नयाँ सरकारले लागू गर्दैन।’

यसका साथै, छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने उनले बताए ।

कार्यक्रममा ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्