राप्रपा छोडेका सुनिल थापा कांग्रेसमा प्रवेश, देउवा–पौडेलले गरे स्वागत

पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन् । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेकाहुन्।

थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्। थापासँगै राप्रपाका ९० भन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।

राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएको बताइएको छ ।

 


कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ । आज पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे ।

यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले लामो छलफलपछि थापा लगायतलाई पार्टी प्रवेश गराउन सफल भइएको बताए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।

 


सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।अन्ततः थापाले देउवाको प्रस्ताव स्वीकार्दै सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन्। यद्यपि आजको पार्टी प्रवेश कार्यक्रममा पदीय जिम्मेवारी भने नदिइएको थापाका सहयोगकी अरुण शर्माले बताए । थापा कांग्रेस प्रवेश गर्ने हल्ला गत वर्षको माघमै चलेको थियो। यो बीचमा सभापति देउवाले पार्टी उपसभापति विमलेन्द्र निधिलाई थापासँग छलफलको जिम्मा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्