नेप्सेमा सात अंकको गिरावट : १ अर्ब २५ करोडभन्दा बढीको कारोबार

काठमाडौं, काठमाडौं, साउन १३ । नेप्सेमा आजपनि गिरावट आएको छ ।मंगलवार शेयर बजार ७ दशमलव ५९ अंकले ओरालो लागेको छ ।

साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से सात दसमलव ५९ अंकले घटेर १४ सय ५४ दसमलव ६७ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६४ अंकले घटेर तीन सय पाँच दसमलव ६७ बिन्दुमा झरेको छ ।

एक सय ८५ कम्पनीहरुको २१ हजार आठ सय पाँच वटा कारोवारमा ३२ लाख ४७ हजार ६८ कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम एक अर्ब २५ करोड ९७ लाख ५१ हजार पाँच सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचकमा झिनो अंकले सुधार देखिए पनि बाँकी समुहको सुचक घटेर रातै भएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ७२ अंकले घटेर १२ सय ५५ दसमलव २६ बिन्दुमा झर्दा बकास बैंक समुहको सुचक १२ दसमलव तीन अंकले घटेर १८ सय २७ दसमलव ६५ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि तीन दसमलव ६३ अंकले घटेर नौ सय ६३ दसमलव ७३ बिन्दुमा झर्दा लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया ब्यालेन्स फण्डको प्रति युनिट सेयर मुल्य पाँच रुपैयाँ ९४ पैसाले बढेर १० रुपैयाँ १६ पैसामा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँले घटेर ९५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ६६ रुपैयाँ अन्तिम मुल्यमा १० करोड ३५ लाख ७६ हजार एक सय ५९ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्