नेकपा ‘दुर्घटना नजिक , सबै रोकिऔँ! सल्लाह गरौं’ : मन्त्री भट्टराई

काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।

पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरूपमा स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेपछि भट्टराईले ट्वीट गर्दै ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भनेका छन् ।

माधव नेपाल पक्षका मानिने मन्त्री भट्टराई सबै विवादहरु सहमतिका आधारमा समाधान गर्नुपर्ने पक्षमा छन् । स्थायी कमिटीका अर्का सदस्य तथा कृषिमन्त्री घनश्याम भुसाल र मन्त्री भट्टराई सम्मिलित एक समूह दुवै पक्षमा सहमतिका लागि प्रयासरत छ ।

प्रतिक्रिया दिनुहोस्