काँग्रेसका वरिष्ठ नेता पौडेल र चिनियाँ राजदुत यान्छीबीच भेटवार्ता, यस्तो भयो छलफल

काठमाडौं, साउन १३ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ ।पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो।

राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ।

उक्त भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो।

चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ।नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलले जानकारी दिएका छन् ।

भेटमा विपी कोइराला र माओत्से तुङका पाला देखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको बिचको सम्बन्धको चर्चा गर्दै, चीन सरकारले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोरोना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्ने बारे चर्चा भएको नेता पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्