राप्रपाका सुनिलबहादुर थापासहित ३१ नेता काँग्रेसमा प्रवेश गर्दै, यसरी गरिनेछ व्यवस्थापन
काठमाडौं , साउन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते ९मंगलबार० नेपाली काँग्रेस प्रवेश गर्दैछन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो ।
त्यसमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना बलियो छ । काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् धनकुटाका पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ थापाको समूहलाई मंगलबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच थापा समूहलाई काँग्रेसमा समाहित गराउने श्रेष्ठको भनाइ छ । श्रेष्ठकाअनुसार गृहजिल्ला धनकुटामा राप्रापाका जिल्ला, पालिका र वडा समितिलाई काँग्रेसमा विलयका लागि व्यवस्थापन मिलाएर थापा आइतबार काठमाडौं फर्किसकेका छन् ।
राप्रपा परित्याग गर्नेहरुमा धनकुटा, सिन्धुपाल्चोक,बारा,धनुषा,सर्लाही लगायतका जिल्लाका कार्यकर्ताहरु समेत रहेका छन् । उक्त जिल्लामा उनीहरुको पनि समायोजन गरिने छ । काँग्रेसमा समाहित हुँदा पार्टीको विधानअनुसार राजनीतिक निर्णयका आधारमा उचित जिम्मेवारी दिइने निधिले बताए । थापासँग आफू निरन्तर संवादमा रहेको निधिले जानकारी दिए ।
सभापति देउवाले पार्टीका विभाग विस्तारमा जुटेका तत्काल काँग्रेसमा समाहित हुँदा केही नेताहरुलाई त्यहाँ पनि जिम्मेदवारी दिने रणनीति अनुसार छलफल चलिरहेको छ । थापासँगै काँग्रेसमा समाहित हुने अन्य नेताहरुलाई काँग्रेसले पार्टीका केन्द्रीय विभागहरुमा व्यवस्थापन गरिने बुझिएको छ । शनिबार नेता थापासहित ३१ नेताले राप्रपाका अध्यक्षत्रयलाई संयुक्त राजीनामा दिएका थिए ।
राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरुका साथै नगर,गाउँ,क्षेत्रीय इकाइ समितिहरु पनि काँग्रेसमा समायोजन गराउँदै छन् । योसँगै राप्रपाका संस्थापक स्वर्गीय नेता सूर्यबहादुर थापाको गृहजिल्ला धनकुटा राप्रपाविहीन हुने भएको छ ।
पार्टी एकतापछि पनि अस्पष्ट दृष्टिकोण र भागबण्डा कायम रहेको, सचिवालय र कार्य व्यवस्था समिति गठनमा समावेशितालाई बेवास्ता गरिएको र पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेसी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको छैन भन्दै थापा समूहले राजीनामाको घोषणा गरेका छन् ।
एकता पश्चात बनेको केन्द्रीय कार्य समितिमा लामो समयदेखि केन्द्रीय कार्य समितिमा रही योगदान पुर्याएका महत्वपूर्ण नेताहरुलाई समेत समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुलन र विभेद प्रष्टै देखिएको बताइएको छ ।
सुर्यबहादुरका छोरा सुनिलले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा।प्रकाशचन्द्र लोहनीलाई ३१ नेता र धनकुटाका सम्पूर्ण कार्यसमितिको राजीनामा बुझाएसँगै धनकुटा राप्रपाविहीन भएको छ । पूर्व उद्योग वाणिज्यमन्त्री समेत थापाको नेतृत्वमा राजीनामा बुझाएका ३१ जनाको सूचीमा धनकुटाका सबै कार्यसमितिहरुले पनि राप्रपा परित्याग गरेको उल्लेख छ ।
गत फागुनमा भएको राप्रपा एकीकरणको औपचारिक कार्यक्रममा पनि सुनिलको अनुपस्थितिलाई भएका थिए । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकूल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामापत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्