राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र : नेता शर्मा
काठमाडौं , साउन ११ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको बताएका छन् । उनले पावर सेन्टरहरुमा हेर्ने हो भने भ्रष्टाचार कति छ भन्ने थाहा हुने उलेख गरे ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेको शर्माले यस्तो बताएका हुन् । उनले भने, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो ।’
‘हाम्रा राज्यका शक्ति केन्द्रहरु हरौं, त्यही भ्रष्टाचार छ । नाम किन लिनुपर्यो, म,म भने भइहाल्यो । मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो ।’
तुलनात्मक रुपमा अहिलेभन्दा स्वतन्त्र अख्तियार बनाउनुका साथै जनताको मदत लिएर मात्र अख्तियार नियन्त्रण गर्न सकिने शर्माले बताए ।अख्तियारमा राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुँदा पनि समस्या भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्