कोइकाद्वारा स्वास्थ्य सेवा विस्तार र आयवृद्धिसम्बन्धी परियोजनाका लागि ४१ करोड सहयोग
काठमाडौं , साउन ११ । दक्षिण कोरियाली सरकारको तर्फबाट कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)ले ग्रामिण समुदायका विपन्नत वर्गको सशक्तिकरणका लागि एकिकृत रुपमा स्वास्थ्य सेवा विस्तार तथा आय वृद्धिसम्बन्धी परियोजनाका लागि करिब ४१ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
नेपाल सरकार र कोइकाबीच उक्त परियोजनासम्बन्धी समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र दक्षिण कोरियाली सरकारको तर्फबाट ९कोइका०बीच एकिकृत रुपमा स्वास्थ्य र आम्दानीबृद्धि गरी ग्रामिण समुदायको सशक्तिकरणका लागि परियोजना संचालन गर्नेसम्बन्धी समझदारी भएको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयकाक स्वास्थ्य समन्वय शाखाका प्रमुख डा। जागेश्वर गौतम र कोइराका नेपालका निर्देशक संगहुन कोले हस्ताक्षर गरे । यो परियोजना अन्तर्गत कोइकाले ग्रामीण स्वास्थ्य सुधार तथा आम्दानी वृद्धि परियोजना अन्तर्गत पाँच वर्षभित्रमा ४० लाख ७० हजार अमेरिकी डलर खर्च गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
परियोजनालाई कोइकाले काठमाडौं विश्वविद्याल अस्पताल धुलिखेल संयुक्त रुपमा सिन्धुपाल्चोकको मानेखर्क र हिन्दी, काभ्रेको सलम्बु र तनहुँको प्युटारमा केन्द्रित गरी संचालन गर्ने जनाइएको छ । ती केन्द्रहरुका विकट ग्रामीण इलाकामा बसोबास गर्ने कम र मध्य आयल भएका मानिसहरुम धुलिखेल अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउने छ । स्वास्थ्य सेवा उपलब्ध गराउने कामसँगसँगै परियोजनाले आधुनिक कृषि प्रणालिका माध्यमबाट मानिसहरुको आय वृद्धि गराउने कार्यक्रम पनि लागु गरिने जनाइएको छ ।
स्वास्थ्य सेवा र आय वृद्धिका गतिविधिसँगसँगै अघि बढाउनेगरी परियोजना विकास गरिएको विज्ञप्तिमा उल्लेख छ । रियोजनाले सहभागितामुलक स्वास्थ्य तथा ग्रामिण विकासका कार्यक्रमहरुको मद्दतले विपन्न समुदायका मानिसहरुको आय वृद्धिमा अवसर प्रदान गर्दै जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।






















प्रतिक्रिया दिनुहोस्