रातो मच्छिन्द्रनाथको रथारोहण (फोटोफिचर)
काठमाडौं । यस वर्षको रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । ‘वर्षा र सहकाल’का देवता आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड—१९ का कारण केही समय ढिला भएको छ ।
रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यका अनुासर वैशाख १२ गते रथारोहण गर्नुपर्ने भएपनि कोरोनाका कारण यो वर्ष सम्भव असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भएपनि कोभिड—१९ संक्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको हो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज शनिबार नागपञ्चमीको दिन रथारोहण गरिएको उनले बताए । तर रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनले जानकारी दिए ।
पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्