नेपाल एयरलाइन्सले गर्यो अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने निर्णय

काठमाडौं , साउन १० । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले अधिकृत पुँजी बढाएर ५० अर्ब पुर्‍याउने निर्णय गरी तालुक मन्त्रालयमा सिफारिस गरेको हो ।

अब यो सिफारिसलाई मन्त्रालयले रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालय लैजानेछ । त्यसपछि मन्त्रिपरिषद् जानेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ ।

त्यससछि निगमको अधिकृत पुँजी ५० अर्ब पुग्नेछ । अहिले नेपाल एयरलाइन्सको अधिकृत पुँजी मात्र ३२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्