असारमा मात्रै संसद्को खर्च १७ करोड
काठमाडौं, साउन ९ । संघीय संसद् सचिवालयमा आर्थिक वर्ष २०७६र७७ को अन्तिम महिना असारमा मात्र १६ करोड ७० लाख १६ हजार पाँच सय ३८ रुपैयाँ खर्च भएको छ । अन्य ११ महिनाको तुलनामा यो ५० प्रतिशतभन्दा बढी खर्च हो।
बैठक भत्ता, अन्य भत्ता, सुविधा, सवारी मर्मत, भ्रमण खर्च, विविध खर्च, औषधि खर्च, मसलन्द तथा कार्यालय सामग्री, मेसिनरी औजार, फर्निचर तथा फिक्चर्स शीर्षकमा रकम बढी खर्च भएको पाइएको छ।
सचिवालयले असार मसान्तमा करिब २० लाख रुपैयाँबराबर भ्रमण भत्ताको रकम अनियमित भन्दै रोके पनि यति धेरै कसरी खर्च भएको भन्ने स्पष्ट जवाफ भने आएको छैन।
सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले मुलुकमा लकडाउन भएपछि संसद्मा नयाँ व्यवस्थापन गर्नुपर्ने भएको र वैशाख– जेठमा भएको खर्चको असारमा भुक्तानी दिँदा यो अवस्था आएको बताए। उनले भौतिक दूरी कायम गरी बैठक बस्ने व्यवस्थादेखि सेनिटाइजर, मास्कआदि खरिद गर्दा पनि खर्च बढेको जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्