नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी स्थगित
काठमाडौ, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा फेरी स्थगित भएको छ । महासंघले यही साउनको २६ र २७ मा गर्ने भनेको साधारणसभा स्थगित गरेको हो । सरकारले सबै प्रकारका सभा,गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन,भेला तथा सम्मेलन गर्न लगाएको प्रतिवन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।
महासंघले सरकारले सभा सम्मेलन खुला गर्ने निर्णय भएको १५ दिन पछाडि साधारणसभा गर्ने गरी हाललाई स्थगित गरिएको जनाएको छ ।
कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए । चुनाव स्थगित भए पनि नयाँ मिति भने तय भइनसकेको र आगामी छलफलबाट निर्णय गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्