जाजरकोटमा दुई सुत्केरीको मृत्यु
काठमाडौं, साउन ८ । जाजरकोटमा दुई सुत्केरीको मृत्यु भएको छ ।बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घन्टापछि मृत्यु भएको हो ।
स्वास्थ्य चौकी सेपुखोलाकी अनमि मीरा शाहीका अनुसार सामान्य अवस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढेको र उपचार गर्दा गर्दै मृत्यु भएको उनले बताइन् ।
बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । मृतक सुत्केरी केही दिनअघि बाढी आएर गाउँ नै जोखिममा परेपछि विस्थापित हुनेहरूमध्येकी एक हुन् ।त्यस्तै जुनिचाँदे गाउँपालिका– ३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।
गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी उपलब्ध नभएपछि उनको ज्यान गएको छिमेकी रत्न पुरीले बताए । यस्ता विकठ ठाउँमा हरेक सुत्ेकरीले अकालमै ज्यान गुमाउनु परेको छ । समयमै उपचार नपाउदा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको हो । जाजरकोट लगाए यस क्षेत्रमा हरेक सुत्केरी महिललाले ज्यान गुमाउनु पर्ने बाध्याता रहदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्