प्रधानमन्त्री आोलीलाई भेट्न बालुवाटार पुगे देउवा, दिए यस्तो सुझाव

काठमाडौं , साउन ८ ।प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीवार मध्याह्न ओलीलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले १२० दिन लामो लकडाउन खुलेपछि बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

भेटमा सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्री ओलीसँग आग्रह र माग राखेका हुन् ।

लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उनले स्मरण गराएका थिए ।पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका देउवाले क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि प्रधानमन्त्री ओलीसँग उनको आग्रह छ ।बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहीन भएकको उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारलाई देउवाको आग्रह छ ।

कोरोना सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पौडेलले जानकारी दिए ।

यता सत्तारूढ दलभित्र प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि उत्पन्न विवाद समाधान हुन नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका सभापतिसँग ओलीले भेट्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । पछिल्लो समय नेकपामै विवाद बलिझैदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्