५६औं नर्सिङ दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौं – आज ५६ औं नेपाल नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै विस २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।

नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । अहिलेको अबस्थामा नर्सिङ्ग क्षेत्रमा व्याप्त कमजोरीहरु भने अझै चुनौतिकै रुपमा रहेका छन् । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन ।

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर(स्वयंसेवी)का रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन । वर्षेनी नर्सको उत्पादन हुँदै आएपनि रोजगारीको अवसर नपाउँदा अहिले नर्सहरु धेरै संख्यामा बिदेश पलायन भईरहेका छन ।

सरकारी र गैरसरकारी पहलमा पनि अहिलेसम्म यस क्षेत्रको सुधारका लागि भन्दै विभिन्न कदमहरु चालिएपनि अझै नर्सिङ पेशा सुरक्षित बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्