धारिलो हतियार प्रयोग गरेर एक सेक्युरीटी गार्डको हत्या ,मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको मछिन्द्रवहालमा गएराती अपरिचित व्यक्तिले प्रहार गरेको धारिलो हतियार लागेर एक सेक्युरीटी गार्डको मृत्यु भएको छ । मछिन्द्रवहाल स्थित इष्टवेष्ट सेक्युरेटी कम्पनीका सेक्युरिटी गार्ड दोलखा मागपौवा २ का ५३ बर्षीय तुल बहादुर तामाङको मृत्यु भएको महानगरिय प्रहरी वृत्त जनसेवाले जनाएको छ ।
राती १ बजे, धारिलो हतियारले लागेर गम्भिर अवस्थामा भेटिएका तामाङको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको हो । हतियारले टाउकोमा चोट लागेको अस्पताल श्रोतले जनाएको छ ।
पैदलयात्रीको मृत्यु
काठमाडौँको मिनभवनमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं बानेश्वर बस्ने दोलखाका ५० बर्षीय धुव्र कार्कीको मृत्यु भएको हो ।
हिजो बेलुकी पौने ८ बजे, बा९०प ६४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका कार्कीको उपचारको क्रममा न्युरो अस्पताल बासबारीमा गएराती सवा ९ बजे मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरिय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
माथीबाट खसेको ढुङगाले लागेर एक चिनियाँ नागरिकको मृत्यु
उता दोलखाको विगु गाउपालिका १ लामाबगरमा गएराती माथीबाट खसेको ढुङगाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
गएराती पौने १ बजे अपर तामाकोशी हाईड्रोपावरको ड्याम साइडमा ग्राउण्डिङ सर्किटको काम गर्दै गरेका चिनको जिङ्ग सु प्रान्तका अन्दाजी ५० बर्षीय सुन लिङ लङलाई भीरबाट खसेको ढुङ्गाले लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्