नयाँ उद्योग खोल्नेलाई सरकारले ५० लाख ऋण दिने
काठमाडौं, साउन ६ । सरकारले नयाँ उद्योग खोल्नेहरुका लागि ५० लाख ऋण दिने भएको छ । नयाँ उद्योग सञ्चालन गर्नेहरुका लागि सरकारले २ प्रतिशत ब्याजमा ५० लाख ऋण दिने भएको हो ।
राष्ट्रिय योजना आयोगले अनुदानमा दिने ५० लाखलाई नै ऋणमा परिणत गर्न लागेको हो । अनुदान वितरण गर्ने भन्दै आयोगले बैशाख २९ गते सूचना जारी गरेको थियो । स्रोत सुनिश्चित नभएपछि नवप्रवर्तन शुरुवाती पुँजी कार्यक्रमको कार्यविधि नै परिमार्जन गरेर ऋण प्रदान गर्न लागेको हो ।
सरकारले नयाँ उद्योग खोल्न चाहने नवप्रवर्तकलाई ५ देखी ५० लाख सम्म रुपैयाँ अनुदान लिनका लागी प्रस्ताव पेस गर्न आवह्वान गरेको छ ।राष्ट्रिय योजना आयोगले सुचना जारी गर्दै नविनतम सोच भएका र मापदण्ड पुरा गरेका स्टार्टअपरलाई आफुले गर्न चाहेको उद्यम, त्यसको प्रभाव, सम्भावित प्रतिफल सहित ३० दिन भित्र अनलाईन आवेदन दिन आवह्वान गरेको हो ।
राष्ट्रिय योजना आयोगका सहसचिव किरण जोशीले स्रोत सुनिश्चि नभएपछि अनुदानलाई ऋणमा परिमार्जन गर्न लागेको बताए । नवप्रवर्तन शुरुवाती पुँजी कार्यक्रमको कार्यविधि परिमार्जन भएपछि कसरी र कतिलाई २ प्रतिशतमा ऋण दिने भनेर प्रष्ट हुने जोशीको भनाइ छ ।
नवप्रवर्तन सुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड २०७७ अनुसार नयाँ उद्योग वा व्यवसाय सञ्चालन गर्न सक्नेलाई बिना धितो लगानीको ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ । नविनतम ज्ञान, सिप र क्षमता भएका उद्यमी व्यवसायीले कृषी, ऊर्जा, स्वास्थ्य, उद्योग क्षेत्रमा काम गरिरहेका स्टार्टअपरले प्रस्ताव पेस गर्न सक्नेछन् ।
उनिहरुले न्युनतम १० लाख देखी १ करोड सम्मको लागी प्रस्ताव पेस गर्न सक्ने र सोको ५० प्रतिशत सम्म अनुदान राष्ट्रिय योजना आयोगले उपलब्ध गराउने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्