बालुवाटारमा सुरु भयो नेकपा स्थायी कमिटि बैठक , ओली भने अनुपस्थित
काठमाडौं , साउन ६ । बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटि बैठक सुरु भएको छ । भर्खरै सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेका लागि सारिएको थियो ।
बैठक सुरु हुनुअधि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीबीच छलफल भएको थियो । सहमतिमै ओली बैठकमा उपस्थित नभएको स्रोतले बताएको छ ।
अहिले भर्खरै बैठक सुरु भएको बताइएको छ । आन्तरिक विवादका कारण स्थायी कमिटि बैठक पटक पटक स्थगित हुँदै आएको छ ।















प्रतिक्रिया दिनुहोस्