नेकपा सचिवालय बैठक आज बस्दै, चर्काचर्की हुने संभावना
काठमाडौं , साउन ३ । नेकपाको सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।नेकपाको विवाद समाधान प्रयासका लागि सचिवालय वैठक वस्ने लागेको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगित गरी सचिवालय बैठक बोलाउन सहमत भएका हुन् ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।
तर प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा छन् । पार्टीभित्रको किचलोका कारण असार १६ देखि स्थायी कमिटी बैठक बस्न सकेको छैन ।
यसअघि सहमतिका लागि भन्दै बिहीबार भएको छलफलमा स्थायी कमिटी बैठक टुङ्गाएर केन्द्रीय कमिटी बैठक बोलाउने सहमति बनेको बताइएको थियो । सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन् ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपालले अडान लिएपछि सो पार्टीको बिवादले उग्र रुप लिएको छ ।
पटक पटकको दुई अध्यक्षबीच भएको बार्ताले मुर्त रुप लिन नसकेपछि सचिवलयको बैठक बोलाइएको छ । सचिवालयको बैठकले ओलीको भविष्य निर्धारण गर्ने भएको छ । आजको बैठकमा चर्काचर्की हुने संभावना रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्