मौद्रिक नीति सार्वजनिक : सेयर धितो कर्जाको सीमा बढ्यो, लगानीकर्तालाई फाइदा
काठमाडौं, साउन २ ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७र०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकहरुले वि।सं। २०८० सम्म कुल कर्जा लगानीको १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ। त्यस्तै, ऊर्जातर्फ वाणिज्य बैंकहरुले न्यूनतम १० प्रतिशत कर्जा वि।सं। २०८१ सम्म कर्जा लगानी गर्नुपर्ने भएको छ। त्यस्तै, सहुलियत कर्जाको सरल कार्यान्वयन गर्नुपर्ने, तरलता व्यवस्थापन गरिने भएको छ।
त्यस्तै, भुक्तानी प्रणालीलाई विद्युतीय कारोबार प्रणाली लगिने, कम्तीमा ७ महिनाको वस्तु र सेवा धान्न विदेशी मुद्रा सञ्चिति गरिने, विस्तृत मुद्रा प्रदायको विस्तार १८ र निजी क्षेत्रको कर्जा विस्तार २० प्रतिशतले गरिने, ब्याजदर करिडोर दर ५ प्रतिशतमा सीमित रहने र आर्थिक पुनरुत्थानका लागि रिपो सुविधा उपलब्ध गराइने भएको छ। कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई सहयोग गर्न कृषि , मझौला उद्योगमा कर्जा प्रवाह गर्न प्रोत्साहन हुने भएको छ ।
वाणिज्य बैंकले १५ प्रतिशत कृषि कर्जा अनिवार्य प्रवाह गर्नुपर्ने
वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको १५ प्रतिशत अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने भएको छ।आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिले यसअघिको १० प्रतिशत सीमा बढाएर १५ पुर्याएको हो।मौद्रिक नीतिले आँप, सुन्तला, ड्रागन फ्रुट, कागती, रेशम, जुट, कपासलगायत खेतीमा लगानी बढाउने नीति लिएको छ। कृषि कर्जामा पहिलो वर्ष ०।२ प्रतिशत र दोस्रो वर्ष ०।६ कर्जा नोक्सानीको व्यवस्था गरिएको छ।
जग्गा एकीकरण र चक्लाबन्दी गर्न प्रोत्साहन गर्ने मौद्रिक नीतिमा जनाइएको छ। कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गर्ने पनि उल्लेख गरिएको छ। मौद्रिक नीतिको यो उद्देश्यले कृषिमा थप वित्तीय साधन परिचालन हुने विश्वास लिइएको छ।
सेयर धितो कर्जाको सीमा बढ्यो, लगानीकर्तालाई फाइदा
केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७०५ पुर्याएको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५५ सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५५ बढाएर ७०५ पुर्याएको हो ।
यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई घटाएर १२० दिनमा झारिएको छ । यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । सेयर बजार सुधारमा यसले सहयोग पुग्ने देखिएको छ र
प्रतिक्रिया दिनुहोस्