मौद्रिक नीति आजदेखि लागू, २५ करोडसम्मको सेयर धितो कर्जा कार्यान्वयन हुँदै
काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको नयाँ मौद्रिक नीति आजदेखि कार्यान्वयनमा आएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीति लागू भएसँगै सेयर धितोमा राखेर लिन पाइने कर्जाको बढाइएको सिमा पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।
यस अघि व्यक्तिगत रुपमा सेयर धितो राखेर लिने लोनको सिमा १५ करोड बाट बढाएर २५ करोड बनाइएको छ । उक्त व्यवस्था पनि आजदेखि नै लागू हुने भएको हो । राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जाको हकमा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो ।
यो व्यवस्था सेयर धितोमा प्रवाह गरिने कर्जामध्ये ‘मार्जिन प्रकृति’का कर्जामा मात्र लागू हुनेछ । अन्य प्रयोजनका लागि लिइने सेयर धितो कर्जामा भने यस्ता सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । अर्थात्, सिमित प्रयोजनका लागि मात्रै यो कर्जा सीमा लागू हुनेछ भने अन्य प्रकारका सेयर धितो कर्जामा पुरानै व्यवस्था कायम रहनेछ ।
प्रतिक्रिया दिनुहोस्