नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं,साउन २ । नेकपामा पछिल्लो समय सहमतिका लागि भन्दै पटकरपटक बैठक बसे पनि स्थगित हुँदै आएको छ। यति बेला नेकपा बैठक बस्नमै सिमित भएको छ तर ठोस निकास भने आउन सकेको छैन । यता दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ।शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन। विवादकै कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन। अब ४ गते सम्मका लागि स्थायी समिति बैठक स्थगीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्