नेकपा स्थायी कमिटी बैठक आज पनि बस्न सकेन, साउन ४ सम्मका लागि स्थगित

काठमाडौं, साउन २ । नेकपा स्थायी कमिटी बैठक आज पनि बस्न सकेन !  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित भएको छ ।प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बैठक दुई दिनपछि साउन ४ गते ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भनिएको थियो । तर फेरि ४ गते बस्ने भन्दै बैठक सारिएको हो ।

प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि पार्टीभित्र उनको राजीनामाको कुरा उठिरहेका छन् । स्थायी समितिका बहुमत सदस्यले राजीनामा माग्न थालेपछि प्रधानमन्त्रीले बैठक फेस गर्न सकिरहेका छैनन् ।

यसअघि पनि अध्यक्ष दाहाल र ओलीबीच छलफल हुँदै आएपनि पार्टीभित्रको विवाद अझै सुल्झिन सकेको छैन ।बिहीबार भएको वार्ता दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्