प्रधानमन्त्री ओलीको चुनौति – ‘कुनै हालतमा पनि राजिनामा दिन्न, सकेको गर्नुस्’

काडमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट कुनै पनि हालतमा राजिनामा नदिने प्रष्ट दाबि गरेका छन् । उनले यस्तो दाबि गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौति समेत दिएका छन् ।

ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न भन्दै यस्तो चुनौति दिएका हुन् ।

विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उनले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिएको स्रोतले जानकारी दिएको छ ।

स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिनएका थिए । बैठकमा दाहाल र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजिनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न सुझाएका थिए । ओलीले छोप्नै नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले अर्को बाटो नरहेको उनीहरको भनाइरहेको थियो ।बिहीबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागि थिए ।
छलफलबाट निष्कर्ष ननिस्के पनि शुक्रबारको स्थायी कमिटी बैठक बोलाउन भने सहमति भने बनेको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट नेकपाका शीर्ष नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने एक सूत्रीय अभियानमा उभिएका छन् ।

झन् पछिल्लो पटक अयोध्या नेपालमा पर्ने र भगवान राम पनि नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि ओलीको देशभित्र र बाहिर पनि आलोचना चुलिएको छ । यस्तोमा नेकपाका नेताहरु ओलीविरुद्ध एक ठाउँमा उभिएका हुन् ।

कुनै हालतमा ओलीलाई पद त्याग्न बाध्य बनाउने एक सूत्रीय अभियानमा जोडिनुभएका दाहाल–नेपाललाई निरस्त्र गर्न ओलीले पनि पटक पटक विभिन्न अस्त्र फ्याँक्नु भएको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नक्शा प्रकाशित गरेपछि आफूलाई हटाउन भारत लागेको र त्यसमा पार्टीकै नेताहरु संलग्न रहेको आरोप ओलीले लगाएपछि दाहाल–नेपाल समूह आक्रोशित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुं‌गिन पुग्यो ।करिव साढे २ घण्टा वार्ता भएपनि कुनै सहमति जुट्न सकेन ।

साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको छैन ।’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आज पनि अस्तिकै निरन्तरता स्वरुप छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको बताएको छ ।

यसअघि ओली र प्रचण्डले एक्लाएक्लै छलफल गर्दै आएका थिए। अध्यक्षद्वयले बुधवार पनि साढे दुई घण्टा छलफल गरेका थिए। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला केही दिन एक्लाएक्लै छलफल गरेका ओली९प्रचण्ड ठोस निष्कर्षमा पुग्न सकेका छैनन्।अध्यक्षद्वय सहमतिमा नपुगे पनि पार्टीका केही नेताहरु फुटबाट जोगिएको सन्देश प्रवाह गरिरहेका छन्। पार्टीलाई विभाजनबाट जोगाउन भन्दै नेता कार्यकर्ताहरुले खबरखदारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्