ओली-प्रचण्ड वान टु वान वार्ता सकियो, यस्तो रह्यो छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको वान टु वान वार्ता सकिएको छ ।

पार्टीभित्र उत्पन्‍न संकट समाधानका लागि भएको वान टु वान छलफल सकारात्मक भएको प्रधानमन्‍त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए ।

यसअघि आइतबार भएको वार्तामा दोस्रो तहका नेताहरु समेत सहभागी भएपनि सोमबारबाट दुई अध्यक्षबीचमात्रै वार्ता गर्ने दुवै नेतावीच सहमत भएका थिए ।

त्यस्तै आवश्यक परे पार्टी वरिष्ठ नेतालाई समेत वार्तामा बोलाउन सकिने उनीहरुबीच कुराकानी भएको थियो । यसैवीच वार्तामा आफ्नो पक्षको सहभागीता नखोजिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

नेताहरुबीच सहमति खोजन भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् । पार्टी भित्रको संकट समाधानका लागि ओली(प्रचण्ड लागी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्