आ–आफ्नै अडानमा ओली – प्रचण्डः नेकपाको स्थायी कमिटि बैठक आजपनि बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आजपनि बस्दैछ । पार्र्टीभित्रको विवाद समाधान गर्न वैठक हुनुअघि अध्यक्षद्धय कपी ओली र प्रचण्ड छलफलको तयारीमा छन् ।

ओली र दाहालले हिजो गठनगरेको अनौपचारिक कार्यदलले दिने सुझावका आधारमा विवाद समाधानको प्रयास गरिंदैछ । तर दुबै पक्ष हिजो साँझसम्म आ–आफ्नो अडानबाट पछि नहटेकोले आज पनि सहमतिको संभावना भने न्युन रहेको छ ।

आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना रहेको छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन ।

हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो।बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्