प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, प्रचण्डको खुमलटारमा छुटै भेला
काठमाडौं । पछिल्लो समय नेकपामा विवाद चुलीदै गएको छ । यति सम्म कि नेकपाकै शिर्ष नेताले पीएमको राजिनामा समेत माग गरेका छन् । यसपछि झन विवाद उत्पनन भएको छ । यसो चली रहदा विभन्न नेताले छुटै भेला समेत गर्न थालेका छन् । यता आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आकस्मिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठक चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ ।त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।
यसैबीच बिहीबार बिहान खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी ९नेकपा०को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।
छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले बताए । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्