एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगमसंग फेरि २५ मिलियन ऋण लिदै
काठमाडौं, असार १७ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगमसंग फेरि २५ मिलियन ऋण लिने भएको छ । यसका लागि एनएमबि बैंकले विश्व बैंक सदस्य समूह IFC बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ ।
उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के।सी।र क्ष्ँऋ का एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ श्री सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको छ ।
एनएमबि दुई बर्षको अवधिमा क्ष्ँऋ बाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।
यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेछ ।
अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पुर्याउन सदुपयोग गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्