पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्रीलाई मन्त्रीहरुको सुझाव

काठमाडौं, असार १७ । नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्रीको राजिनामा माग गरेसागै ओली संकटमा परेका छन् । उनको राजिनामा माग आइसकेपछि प्रधानमन्त्रीले सरकारका मन्त्री र नेकपाका नेताहरुलाई आज बिहान बालुवाटारमा बोलाएका थिए ।

मन्त्री र पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन्। सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान बालुवाटारमा सो सुझाव दिएका हुन्।

ुपार्टीभित्र संकट आयो भनेर परामर्शका लागि भनेर हामीलाई बोलाउनु भएको रहेछ यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने परामर्श गर्नु भएको छु, परामर्शमा सहभागी पर्यटन मन्त्री योगेश भट्टराइले भने। उनका अनुसार नेताहरुबीच उत्पन्न भएको तिक्तताले पार्टीलाई हित नगर्ने भएकाले त्यही अनुसार सुझाव दिइएको छ। नेतृत्वको पहिचान संकटको बेला हुन्छ संकट व्यवस्थापन गरेर अघि बढ्नुस एक अर्काबीचको अविश्वास हटाउनु र छलफल र परामर्शबाट अघि बढ्नुस भन्ने सुझाव आफूहरुले दिएको मन्त्री भट्टराईले जानकारी दिए।

मंगलबारको बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्रीबाट ओलीको राजिनामा माग गरेपछि आफू निकटका केही नेता र मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले परामर्शका लागि बालुवाटारमा बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्