एडीबीद्वारा नेपाललाई ३६ करोड रुपैयाँ अनुदान

काठमाडौं , असार १७ । एसियाली विकास बैंकढएडीबी- ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । एडीबी एसिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई यो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टाइन सुधार तथा प्रभावकारी व्यवस्थापनमा खर्च हुनेछ ।

यसैगरी, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं संक्रमण नियन्त्रण सामग्री खरिदका लागि पनि अनुदान रकम खर्च गरिनेछ ।

यसअघि पनि एडीबीले स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न ३ करोड ६० लाख रुपैयाँ प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्