अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं, असार १६ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा उनले राजिनामा माग गरेका हुन् ।
उनीसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागे छन् ।
मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रसस्त गर्न माग गरेका हुन्।
बैठकको सुरुमै बोलेका अध्यक्ष प्रचण्डले सुरुमा नम्र स्वरमा बोलेका थिए । उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गरे । तर, त्यसपछि उनी प्रधानमन्त्री ओलीले आइतबार दिएको सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफैले राजीनामा मागेको बताए ।
प्रतिक्रिया दिनुहोस्